Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डिआइजी बढुवामा बिलम्व : बिचौलियाको चलखेल बढ्दै

डिआइजी बढुवामा बिलम्व : बिचौलियाको चलखेल बढ्दै

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । नेपाल प्रहरीमा करिब एक महिनादेखि रिक्त रहेका डिआइजीका १० पदमा बढुवाका लागि अझै सहमति जुट्न सकेको छैन ।

सत्तारुढ दलबीच सहमति नहुँदा बढुवामा बिलम्व भएको बुझिएको छ । बढुवा रोकिदा दाबेदार एसएसपीहरू कामै छाडेर शक्तिकेन्द्र धाइरहेका छन्।

उनीहरुले हरेक दिनजसो नेता र बिचौलिया भेट्दा खर्च समेत बढेको गुनासो गर्न थालेका छन्। बिचौलियाहरुले नेता भेटाइदिने र बढुवामा पारिदिने भन्दै महंगा रेष्टुरेन्ट लगेर खर्च गराउने गरेको गुनासो उनीहरुको छ ।

शक्तिकेन्द्रमा बसेका कतिपय व्यक्तिहरुले बढुवामा पारिदिने भन्दै पैसाकै डिल गरिरहेको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

खासगरी गृहमन्त्रीको सचिवालय यस्तो विषयमा बदनाम हुँदै गएको छ।

बढुवाका दाबेदार एसएसपीहरुले एक महिनादेखि कार्यालयको काममा ध्यान दिएका छैनन्। उपत्यका बाहिर कार्यरत केही एसएसपीहरु त काठमाडौं आएर बसेका छन्।

गत साता गृहसचिव गोकर्णमणि दुवाडी विदेश भ्रमणमा गएकाले बढुवा रोकिएको थियो। दुवाडी आइतबार स्वेदश फर्किसकेका छन् । तर, अझै बढुवा समितिको बैठकको कुनै सुरसार छैन ।

अब हुने बढुवाले नेपाल प्रहरीमा भावी नेतृत्वको समेत तय गर्ने भएकाले पनि तिव्र टक्कर छ । अर्कोतर्फ तीन ब्याचका एसएसपीबीच प्रतिस्पर्धा भएकाले पनि सहमति जुटाउन सकस भएको हो।

ज्येष्ठताका आधारमा ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिपसिंह देउजा, बिनोद घिमिरे, सुदर्शन प्रसाद कोइराला, दिपक कुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, संजीव शर्मा दास, शारदाप्रसाद चौधरी अगाडि छन् ।

उनीहरुमध्ये राना, श्रेष्ठ, घर्ती, देउजा, घिमिरे, सापकोटा, गुरुङ, दास र चौधरी राष्ट्रिय अनुसन्धान विभागबाट आएका टोली हुन् ।

दिपक रेग्मी महिला काण्डमा कारबाहीमा परेका अधिकृत हुन् । सुदर्शन कोइरालाको सम्भावना भएपनि दिपक बस्नेत कार्यसम्पादनमा कमजोर मानिन्छन् ।

बढुवाको मुख्य दाबेदार ११२ को टोलीका एसएसपीहरु छन्। यो ब्याचका अधिकृत कार्यसम्पादनमा पनि अब्बल मानिन्छन् भने राजनीतिक पहुँचका दृष्टिले पनि शक्तिशाली छन् । यही ब्याचबाट भावी प्रहरी नेतृत्व चयन हुने भएकाले पनि बढुवामा तिव्र टक्कर हुँदा गृह मन्त्रालयले निर्णय गर्न नसकेको हो ।

यो ब्याचबाट बिश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन प्रतिस्पर्धामा छन्।
अहिले पहिलो नम्बरमा विश्व अधिकारी भएपनि अन्य एसएसपी उनलाई पछि पार्ने दाउमा छन्। यो ब्याचबाट भूपेन्द्र खत्री बलिया उम्मेदवार हुन्।

उनी कांग्रेस नेता पूर्णबहादुर खड्का निकट मानिन्छन्। शेरबहादुर देउवा निकट सोमेन्द्रसिंह राठौर पनि बढुवामा फड्को मार्ने दाउमा छन्।

सानुराम भट्टराई केपी ओलीका पूर्वपिएसओ हुन्। तर, उनलाई बढुवामा पर्न गाह्रो हुने देखिएको छ। एकातर्फ कार्यसम्पादनमा पनि कमजोर रहेको र अर्कोतर्फ मानव अधिकार आयोगले पनि छानविन गरिरहेकाले उनलाई बढुवामा पर्न कठिन छ।

ओम अधिकारी र शेखर खनाल पनि बढुवाका लागि शक्तिकेन्द्र धाइरहेका छन् । गंगा पन्त र तारादेवी थापामध्ये एकलाई बढुवा गर्नैपर्ने दबाब गृह मन्त्रालयमाथि छ ।

आगामी जेठ १० गते एआइजी लालमणि आचार्यले अवकाश पाउने भएकाले त्यसपछि एआइजी र डिआइजीको बढुवा सँगै गर्ने बारे पनि छलफल सुरु भएको छ।

रिक्त हुनुभन्दा एक हप्ताअघि नै बढुवा सिफारिस गर्न सकिने प्रावधान छ । जसअनुसार डिआइजीका पनि ११ पद रिक्त हुने भएकाले बढुवा अझै दुई साता लम्बिने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077