Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले मिश्र र प्रसाईंसहित २६ जनालाई हिरासतमा राख्न थप म्याद दिएको हो ।

उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको अपराध, संगठित अपराधसमेतको अभियोगमा अनुसन्धान गरिरहेको छ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि उनीहरु पक्राउ परेका थिए ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । राजावादी आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077