काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समावेश गरेर वाम एकताको पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् ।
एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले आफूबारे अफवाह फैलाएको भन्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘अफवाह फैलाउने प्रचण्ड नै हुन् । अफवाह फैलाउने र एमालेलाई धुलो चटाउछौँ भन्नेहरूसँग के को वाम एकता ?’
कार्यक्रममा बोल्दै ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने बताए ।
उनले भने, ‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन् ।’
राजावादीहरुले जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने बताईरहेका छन् । उनीहरुले नेपाललाई राजसंस्था सहितको हिन्दु राज्य बनाउने बताइरहेका छन् ।