Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सहमहामन्त्री सुमनाको राजीनामा पनि रास्वपाले गर्‍यो स्वीकृत

सहमहामन्त्री सुमनाको राजीनामा पनि रास्वपाले गर्‍यो स्वीकृत

आइतवार , जेठ १२, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकार गर्ने निर्णय गरेको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठकमा सहमहामन्त्री श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा सर्वसम्मतिले स्वीकृत भएको जानकारी दिए ।

श्रेष्ठले आफू संसदीय भूमिकामा मात्रै सक्रिय हुन चाहेको भन्दै गत चैत १८ गते सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077