काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष भएको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष भएको निष्कर्ष निकालेको हो ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका थिए ।
लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको कांग्रेसले जनाएको छ ।
बैठकले यस प्रकरणमा लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष पनि निकालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् ।
भट्टराईमाथि अनुसन्धान हुने चाल पाएका गृहमन्त्री लेखकले मंगलबार नै उनलाई गृहमा तानेका थिए ।
भिजिट भिषा प्रकरणपछि गृह मन्त्रालयले विमानस्थलको अध्यागमनमा कार्यरत ९ जना नायब सु्ब्बा ५ जना कम्प्युटर अपरेटरको सरुवा गरिसकेको छ ।