Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रास्वपाले बोलायो संसदीय दलको बैठक, गृहमन्त्री लेखकमाथि उठेको प्रश्नमा छलफल गरिने

रास्वपाले बोलायो संसदीय दलको बैठक, गृहमन्त्री लेखकमाथि उठेको प्रश्नमा छलफल गरिने

सोमवार , जेठ १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार दिउँसो अपरान्ह ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि उठेका प्रश्नमा छलफल गर्ने जनाएको छ ।

छलफलका विषयमा गृहमन्त्री लेखकमाथि उठेको प्रश्न, संसदमा रास्वपाले निर्वाह गर्नुपर्ने भूमिका र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

यता, नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गहृमन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकाल्दै राजिनामा दिनु नपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077