Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकता, १० वर्षपछि फर्किए गंगानारायण

माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकता, १० वर्षपछि फर्किए गंगानारायण

सोमवार , जेठ १३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा भएको छ।

सोमबार ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित एकता कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक गङ्गानारायण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

यद्यपि प्राविधिक कारणले यसलाई एकता नभइ समायोजन भनेका छन्।

नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् । उनी २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै माओवादीबाट अलग भएका थिए ।

माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच यस अघि नै पार्टी एकता गर्ने लिखित सहमति भएपनि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्किएका हुन् ।

उनले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077