Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

महिन्द्रकै सल्लाहमा पार्टी एकता भएको बताउँदै प्रचण्डले भने–एमालेसँगको एकता पनि गलत थिएन

महिन्द्रकै सल्लाहमा पार्टी एकता भएको बताउँदै प्रचण्डले भने–एमालेसँगको एकता पनि गलत थिएन

सोमवार , जेठ १३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन समयमा एमालेसँगको एकता गलत नभएको बताएका छन् ।

अध्यक्ष दाहालले कम्युनिष्टहरू एकैठाउँमा हुँदा वामपन्थीको ठूलो जनमत देखिने भएकाले एमालेसँग एकता गरेको दावी गरे ।

सोमबार नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहसँग एकता सभालाई सम्बोधन गर्दै उनले सरकारको तर्फबाटै समाजवादी आन्दोलन सुरू गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आफूले नै एमालेलाई हामी मिलेर निर्वाचन लडौँ र पार्टीलाई एउटै बनाएर समाजवादी क्रान्तितिर जाने तयारी गरौं भनेर प्रस्ताव गरेका बताए ।

एमालेसँग भएको एकता सम्झिदै उनले थप भने–‘एमालेसँग एकता गर्नु सैद्धान्तिक रुपमा गलत भएको मैले ठानेको छैन । पार्टी र जनताले अनुमोदन गरेको थियो । दुई तिहाइ मत पाएका थियौं । समाजवादको आधार तय गर्न ठुलो अवसर मिलेको थियो । झन्डै ९५ प्रतिशत एकतालाई अगाडि बढाउन सकारात्मक थिए । केहीलाई मन परेको थिएन । उनीहरूले एकता भत्काउन लागि परे । यसमा केही देशी विदेशी शक्ति पनि लागि परे ।’

अध्यक्ष महिन्द्र यादव समूह पनि एकता प्रक्रियामा जोडिने विश्वास व्यक्त गरे ।

अध्यक्ष यादवसँग सल्लाह गरेर नै श्रेष्ठ समूहसँग एकता गरेको दाबी गर्दै उनले प्राविधिक कारणले यादव समूह एकता प्रक्रियामा नजोडिएको बताए ।

अध्यक्ष दाहालले भने–‘महिन्द्र राय यादवसँग हिजो र आज पनि छलफल भइराखेको छ । उहाँसँग सल्लाह भएर नै एकता प्रक्रियामा जोडिएको हो । केही प्राविधिक कारणले माओवादी नामका कारणले उहाँलाई अप्ठ्यारो लाग्यो । आज बिहान मात्र कुरा भएको छ । केही तिक्तता र नमिठो मान्ने कुरा छैन ।’

नेकपा माओवादी र नेकपा एमालेबीच नेपालमा समाजवादी क्रान्ति मौलिक ढङ्गले गर्ने उद्देश्यसहित २०७५ सालमा एकता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077