Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

युवाहरू सचेत भए एकैदिनमा गणतन्त्र समाप्त हुने राजेन्द्र लिङ्देनको ठोकुवा

युवाहरू सचेत भए एकैदिनमा गणतन्त्र समाप्त हुने राजेन्द्र लिङ्देनको ठोकुवा

सोमवार , जेठ १३, २०८२

काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवसको दिनबाट निर्णायक आन्दोलन गर्ने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने बताएका छन्।

भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताए।

सोमबार काठमाडौंमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने बताए ।

अध्यक्ष लिङ्देनले भने–‘अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि छ ।’

अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भन्दै देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरू भविष्य भने बिग्रने भएकाले युवाहरू नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077