काठमाडौं । सरकारले सहसचिव भूपाल बराल सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले बराल सचिवमा बढुवा गरेको हो ।
प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए।
यसअघि लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको बढुवा समितिले प्रशासनतर्फका तीन सहसचिवलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेले अवकाश पाएपछि बढुवा समितिले उक्त विशिष्ट श्रेणीको उक्त पदका लागि बरालका साथै सहसचिवहरु डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीलाई पनि सिफारिस गरेको थियो ।