काठमाडौँ । सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा पठाइएको छ ।
स्वास्थ्य मन्त्रालयमा भने हाल प्रदेश सरकारका सचिव रहेका महादेव पन्थलाई ल्याइएको छ ।