Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कोशी प्रदेश सभामा माओवादी सांसदले ‘भिजिट भिसा’ बोलको गीत गाएपछि...

कोशी प्रदेश सभामा माओवादी सांसदले ‘भिजिट भिसा’ बोलको गीत गाएपछि...

बुधवार , जेठ १५, २०८२

विराटनगर । भिजिट भिसा प्रकणमा मुछिएको भन्दै चौतर्फीरुपमा गृहमन्त्री रमेश लेखकको बिरोध भइरहेको छ ।

सडकदेखि सदनसम्म उनको राजीनामा माग हुँदा पनि उनले राजीनामा दिएका छैनन् । केही समय अघि पत्रकारसम्मेलन गरेर उनले राजीनामा नदिने प्रष्ट पार्दै आँफुमाथी राजनीतिक पुर्वागह राखिएको बताएका छन् ।

लेखकको राजीनामा माग गर्दै विपक्ष दलका सांसदहरुले हिजो र आज प्रतिनिधि सभाको बैठक अवरोध गरे ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा गृहमन्त्रीको राजीनामा माग भइरहेका बेला कोशी प्रदेश सभाको बैठकमा समेत संघीय सरकारका गृहमन्त्री लेखकको राजीनामा माग भएको हो ।

नेकपा माओवादी केन्द्रका सांसद गोम्बू शेर्पाले बुधबार बसेको प्रदेश सभा बैठकमा ‘भिजिट भिसामा’ बोलको गीत गाउँदै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

अहिले सरकारको चालामाला हेर्दा उक्त गीतको याद आएको बताउँदै उनले भने, ‘रमेश लेखकले गृहमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत गुमाइसक्नुभएको छ ।’

सांसद शेर्पाले गृहमन्त्रीको राजीनामा माग गर्दा कांग्रेस सांसदले असन्तुष्टि जनाएका थिए । ।

गोम्बुपछि शून्य समयमा बोलेका कांग्रेस सांसद प्रदीप सुनुवारले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई अनावश्यक लान्छना लगाएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077