काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकार र स्थानीय तहमा २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहमा ८८ अर्ब ९७ करोड हस्तान्तरण गरिने बताएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार शशर्त अनुदान अन्तरगत प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन
सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री पौडेलले भने–‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई कृषि तथा पशुपालन तर्फ २१ सुपरजोन र २०६ जोनमा सिँचाई मल र प्रविधिका लागि ३ अर्ब ५० करोड विनियोजन गरेको छु ।’
४ हजार ८५० हेक्टर जमिनमा उन्नत प्रविधि सहित १५ बाली वस्तुको क्षेत्र विकास गरिने घोषणा गरे । साथै थप ६ हजार हेक्टरमा सिँचाई सुविधा उपलब्ध गराउने समेत बताए ।