Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रासायनिक मलमा २८ अर्ब ८२ करोड र चैते धानका लागि ३३ करोड बजेट विनियोजन

रासायनिक मलमा २८ अर्ब ८२ करोड र चैते धानका लागि ३३ करोड बजेट विनियोजन

बिहिवार , जेठ १६, २०८२

काठमाडौं। सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ भने चैते धान खेती विस्तारका लागि ३३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।

बजेट भाषण गर्दै उनले भने–‘रासायनिक मल ६ लाख मेट्रिक टन पुर्‍याइने छ । रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छु । लगानी बोर्डमार्फत रासायनिक मल कारखाना आवश्यक तयारी गरिनेछ ।’

माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रममा ४० करोड विनियोजन गरिएको जानकारी दिए ।

त्यसैगरी सरकारले चैते धान खेती विस्तारका लागि ३३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्रीले भने–‘दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराईका २२ जिल्लामा चैते धान उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरेको छु । चैते धान खेतीका लागि सिँचाई पूर्वाधार निर्माण गर्न ३३ करोड बजेट विनियोजन गरेको छु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077