Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सबै क्षेत्रको मनोबल बढाउने यथार्थपरक बजेट ल्याएँ : अर्थमन्त्री पौडेल

सबै क्षेत्रको मनोबल बढाउने यथार्थपरक बजेट ल्याएँ : अर्थमन्त्री पौडेल

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका दाबी गरेका छन् ।

बजेट वक्तव्यपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

‘स्रोत व्यवस्थापनको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात गरेको छ,’ उनले भने, ‘विगतका कमजोरीहरूलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरू सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ ।’

अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077