Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

नारायणहिटी दरबारलाई निषेधित क्षेत्र तोकिएपछि बालुवाटारतर्फ लाग्यो राजावादी प्रदर्शन

नारायणहिटी दरबारलाई निषेधित क्षेत्र तोकिएपछि बालुवाटारतर्फ लाग्यो राजावादी प्रदर्शन

शनिवार , जेठ १८, २०८२

काठमाडौं । राजसंस्थासहितको हिन्दु राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरु शान्तिवाटिकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागेका छन् ।

नारायणहिटी दरबार क्षेत्रलाई लक्षित गरेका राजावादीहरुलाई निषेधित क्षेत्र तोकिएपछि बालुवाटारतर्फ लागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि नै लागू हुने गरी असार २४ गतेसम्म नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि उनीहरूले कार्यक्रमस्थल परिवर्तन गरेर बालुवाटारतर्फ लागेका हुन् ।

त्यसैक्रममा त्रिचन्द्र अगाडी केहीबेर धकेलाधकेलसमेत भएको थियो ।

संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्व गरिरहेका नवराज सुवेदी सुवेदीले राजसंस्था नफर्किदासम्म आन्दोलन नरोकिने बताएका छन् ।

राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा जेठ १५ गतेदेखि अनिश्चितकालीन प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077