काठमाडौं । प्रधानमन्त्री, सभामुखलगायतका उच्चपदस्थको सरकारी निवास रहेको बालुवाटारमा राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारा लगाएका छन् ।
राजावादीहरूको प्रदर्शनको तेश्रो दिन आज नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तालिका भएपनि शुक्रबार साँझ नै निषेधित क्षेत्र घोषणा गरेपछि राजावादीहरूको प्रदर्शन अहिले बालुवाटार पुगेको छ ।
राजावादी प्रदर्शनकारीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश’, लगायतका विभिन्न प्लेकार्डसहितका नारा लगाएका छन् ।
बालुवाटारलाई यसअघि नै सरकारले संवेदनशील क्षेत्र भन्दै निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा राजसंस्थाका पक्षधरहरुले जेठ १५ गतेदेखि अनिश्चितकालीन प्रदर्शन गर्दै आएका छन् ।