Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रचण्डलाई लिङ्देनको जवाफ : आफैँले पैसा दिएर मान्छे ल्याएर जुलुस गरेको जस्तो नसम्झनु

प्रचण्डलाई लिङ्देनको जवाफ : आफैँले पैसा दिएर मान्छे ल्याएर जुलुस गरेको जस्तो नसम्झनु

शनिवार , जेठ १८, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउने सवालमा सरकारलाई झुक्न बाध्य बनाउने बताएका छन् ।

राजसंस्था पुनस्थापनासहित शनिबार आयोजित आन्दोलनको क्रममा सञ्चारकर्मीसँग  प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

यसरी नै जनसमर्थन जुट्यो भने सरकारलाई झुक्न बाध्य बनाउँछौं भन्दै उनले जनसमर्थन आवश्यकता अनुसार पुग्न सकेन भने फेरि अर्को पटक प्रयास गर्ने बताए ।

गणतन्त्र हल्लिँदा सबैभन्दा बढी पीर प्रचण्डलाई परेको समेत उनले बताए ।

आज बिहान एउटा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ले पैसा दिएर मान्छेहरू काठमाडौंमा ल्याएको राजावादीहरूले बढी चुरीफुरी नगर्न आग्रह गरेका थिए ।

त्यसको जवाफ दिँदै लिङ्देनले प्रचण्डलाई भने, ‘आफैँले भोज खुवाएर, पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनु भएको हो । त्यसमा मेरो टिप्पणी छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077