काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठुला दलका ठुला नेताहरूले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सबै आन्दोलन रोकिने दाबी गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले यस्तो दाबी गरेका हुन् । उनले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहँदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठुला दलका ठुला नेताहरूले राजनीतिबाट विश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने बताए ।
भ्रष्टाचार लगायत खराब काम भइरहेको भन्दै थापाले जनताले तेर्साएका प्रश्नहरूलाई नेतृत्व तहमा बसेकाहरूले गम्भीर रूपमा लिनुपर्ने जिकिर गरे ।
राजनीतिक दलहरूले आफूलाई फरक ठान्न सकेमात्रै विकृत गठबन्धनको राजनीति संस्कारलाई बाहिर निकाल्ने उनको भनाइ छ ।