Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गगन थापा भन्छन् - कांग्रेसमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने मान्छे छन्

गगन थापा भन्छन् - कांग्रेसमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने मान्छे छन्

शनिवार , जेठ १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाभन्दा राम्रो प्रधानमन्त्री हुन सक्ने व्यक्ति कांग्रेसमा दर्जनौँ रहेका बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“अबको १२/१५ महिनापछि उहाँ (शेरबहादुर देउवा) प्रधानमन्त्री हुने भन्ने छ,” थापाले भने, “म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरू दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।”

यस्तै महामन्त्री थापाले कहिले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताए ।

“नेपाली कांग्रेस राजावादी भयो, तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन । नेपालको राजसंस्था राजतन्त्रवादी भयो,” उनले भने, “नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले नेपालको राजसंस्थालाई न हिजो न भोलि, कसैले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनै सक्दैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077