Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको छैन : रामकुमारी झाँक्री

गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको छैन : रामकुमारी झाँक्री

शनिवार , जेठ १८, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले गणतन्त्रका १८, संविधान जारी गरेको करिब १० वर्षमा किन प्रश्न उठाइयो त भन्ने बारेमा सोच्न जरुरी रहेकामा जोड दिइन् ।

“गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ । गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन,” उनले भनिन्, “तर, त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिबद्धताका बारेमा हाम्रा बुझाइहरू एउटै थिएनन् ।”

गणतन्त्रलाई विवादित बनाइएको भन्दै उनले असन्तुष्टि जनाइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077