काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले निरङ्कुश हुकुमी शासन व्यवस्थालाई अन्त्य गर्दै जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताए ।
प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।
राजतन्त्र पक्षधरहरूले पहिला दिन पैसा दिएको मान्छे ल्याएको भन्दै दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गएको उनको दाबी छ ।