Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भोली नारायणहिटीभित्र दीप प्रज्वलन गर्दै हिमानी

भोली नारायणहिटीभित्र दीप प्रज्वलन गर्दै हिमानी

आइतवार , जेठ १९, २०८२

काठमाडौं । दरबार हत्याकाण्ड भएको जेठ १९ गते (भोली)२३ वर्ष पुग्दैछ । २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र तत्कालीन राजा बिरेन्द्रको वंश विनास भएको थियो ।

दरवार भित्र निधन भएका राजपरिवारहरूको सम्झनामा पूर्व युराज्ञी हिमानी शाहद्वारा संचालित हिमानी ट्रस्टले दरबारभित्र रहेको चतुरव्युह नारायण मन्दिरमा दीप प्रज्वलनको गर्ने भएको छ ।

हिमानी ट्रस्टले जारी गरेको सूचनामा दीप प्रज्वलनमा कोको सहभागी हुने भन्ने उल्लेख गरिएको छैन ।

दुई दिनअघि जारी गरिएको सूचनामा भनिएको छ, ‘स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवं स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाह लगायत सम्पूर्ण दिवङ्गत शाही परिवारका सदस्यहरूको आत्माको चिर शान्तिको कामना हेतु श्रद्धाञ्जली टक्र्याउन सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’

श्री चतुर्व्युह नारायण धाम परिसरमा बेलुका ६ः३० मा दीप प्रज्वलन गरिने सूचनामा उल्लेख छ । पूर्वराजा र परिवारका अन्य सदस्य पनि दीप प्रज्वलनमा सहभागी हुने हल्ला चलेपनि त्यसको अहिलेसम्म पुष्टि भएको छैन् ।

राजावादी आन्दोलन चर्किएको बेला हिमानी ट्रस्टले नारायणहिटी दरबारभित्रै कार्यक्रम राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077