Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रस्सियन कम्युनिष्ट पार्टीका महासचिवलाई प्रधानमन्त्री ओलीले गरे नेपाल भ्रमणको निम्तो

रस्सियन कम्युनिष्ट पार्टीका महासचिवलाई प्रधानमन्त्री ओलीले गरे नेपाल भ्रमणको निम्तो

आइतवार , जेठ १९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रस्सियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा पठाएका छन् ।

रस्सिया भ्रमणमा रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले शनिबार भएको भेटका क्रममा महासचिव जुगानोभलाई प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रण पत्र हस्तान्तरण गरेका हुन् ।

महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिएको डा भट्टराईले जनाएका छन् ।

भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका विविध विषयमाथि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077