Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राजावादी आन्दोलन : कमल थापा पक्राउ

राजावादी आन्दोलन : कमल थापा पक्राउ

आइतवार , जेठ १९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् ।

जुलुस लिएर बालुवाटार जाने क्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापालाई पक्राउ गरिएको हो ।

प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

राजसंस्थासहितको हिन्दु राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरु जेठ १५ गतेदेखि अनिश्चितकालीन प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077