काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई ससम्मान नियन्त्रणमुक्त नगरे भोलीबाट काठमाडौं ठप्प पार्ने चेतावनी दिएका छन् ।
आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिएको छ ।
त्यसपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने–‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ । कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’
आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिंदै उनले भने–‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’