काठमाडौं । राजावादी प्रदर्शनमा आज प्रहरीले ज्यादती गरेको छ ।
काठमाडौंको नक्सालस्थित नारायणचौरबाट जबरजस्ती बालुवाटार जान खोज्दा प्रहरीले प्रदर्शनकारीहरुमाथि लाठी बर्साएको हो ।
प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।
राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले जेठ १५ गतेदेखि राजधानीमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले राज संस्था नफर्किदासम्म आन्दोलन नरोक्ने अडान लिएका छन् ।
लाठी चार्जपछि राप्रपाका नेताहरुले प्रहरीले शान्तिपुर्ण आन्दोलनमा लाठी चार्ज गरेर ज्यादती गरेको बताएका छन् ।