Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कमल थापालाई यसरी झुण्ड्याउँदै लग्यो प्रहरीले

कमल थापालाई यसरी झुण्ड्याउँदै लग्यो प्रहरीले

आइतवार , जेठ १९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् ।

जुलुस लिएर बालुवाटार जाने क्रममा पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका थापालाई पक्राउ गरिएको हो ।

प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

उक्त जुलुस नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको जनाएको छ।

आइतबार तेस्रो दिन उनीसहित राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको थियो।

बालुवाटार क्षेत्र घेर्ने योजनासहित राजावादीहरू अघि बढ्न खोजेपछि उनीहरूलाई नारायण चौरमा तैनाथ प्रहरीले रोकेको थियो ।

नारायण चौरमा प्रहरीसँग राजावादीको केहीबेर धकेलाधकेल पनि चलेको थियो । नारायण चौरको सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दै हस्तक्षेप भए प्रतिकारमा उत्रिने चेतावनी दिएका थिए ।

राजसंस्थासहितको हिन्दु राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरु जेठ १५ गतेदेखि अनिश्चितकालीन प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077