Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कमल थापासहित पाँच जना पक्राउको विरोधमा राजावादीले सुरु गरे धर्ना

कमल थापासहित पाँच जना पक्राउको विरोधमा राजावादीले सुरु गरे धर्ना

आइतवार , जेठ १९, २०८२

काठमाडौं । राजसंस्थासहित हिन्दू राज्यको माग राख्दै जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलन गरिरहेका राजावादीहरुले धर्ना शुरु गरेका छन् ।

केहीबेर अघि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि त्यसैको विरोधमा धर्ना शुरु गरिएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठकाले थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको बताए ।

उनले पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरेसम्म आन्दोलन थप चर्को बनाउने बताए ।

यता, प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077