Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

ओलीकै शैलीमा कार्यकर्तालाई प्रचण्डको निर्देशन : राजावादीहरुको प्रतिवाद गर्न तयारी अवस्थामा बस्नुस्

ओलीकै शैलीमा कार्यकर्तालाई प्रचण्डको निर्देशन : राजावादीहरुको प्रतिवाद गर्न तयारी अवस्थामा बस्नुस्

आइतवार , जेठ १९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरुको आन्दोलनबाट आफूहरूमाथि आक्रमणको खतरा भइरहेको बताएका छन् ।

पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

राजावादीको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न नखोजेको स्पष्ट पार्दै उनले भने, ‘उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् ।’

राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको उनको आरोप छ ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै राजावादीहरूले जेठ १५ गतेदेखि राजधानीमा प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले राज संस्था नफर्किदासम्म आन्दोलन नरोक्ने अडान लिएका छन् ।

यसअघि, प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुले आन्दोलन सुरु गर्ने दिन जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनु पर्ने भन्दै त्यसका लागि आप्mना कार्यकताहरुलाई निर्देशन दिएका थिए ।

ओलीको उक्त अभिव्यक्ति कै कारण एमाले नेता तथा कार्यकर्ताहरु जेठ १५ गते गणतन्त्र उत्सव मनाउनेक्रममा ढाल र खुडा बोकेर प्रदर्शनमा निस्किएका थिए ।

यद्यपी, उक्त हतियार सक्कली नभई सांकेतिक मात्र भएको एमालेको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077