Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कमल थापा र सांसद दिपक सिंहसहित सातजना छुटे

कमल थापा र सांसद दिपक सिंहसहित सातजना छुटे

आइतवार , जेठ १९, २०८२

काठमाडौं । राजधानीमा जारी राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र सांसद दीपक सिंह रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले थापा र सिंहसहित सात जनालाई आइतबार बेलुका रिहा गरेको हो ।

थापासहित केही व्यक्तिहरुलाई काठमाडौँको नारायण चौर क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै थापालाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका सिंहलाई पनि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राजसंस्थाको पुनःस्थापनाको मागसहित राजावादी समूहले बिहीबारदेखि सशक्त आन्दोलन थालेका छन् ।

आइतबारको प्रदर्शनमा कमल थापासहित सयौँको संख्यामा प्रदर्शनकारी सहभागी थिए। शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077