Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हनी ट्रयापमा पारेर करोडभन्दा बढी असुल्ने तारा गुरुङविरुद्धको मुद्दा कोइरालाको इजलासमा

हनी ट्रयापमा पारेर करोडभन्दा बढी असुल्ने तारा गुरुङविरुद्धको मुद्दा कोइरालाको इजलासमा

सोमवार , जेठ २०, २०८२

काठमाडौं । हनी ट्रयापमा पारेर दाङमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्तिसँग नगद, सुनका गरगहना र आइफोनसहित गरी एक करोड ३० लाख भन्दा बढी रकम असुलेको आरोपमा पक्राउ परेकी तारा गुरुङ विगत २९ दिनदेखि ललितपुर प्रहरीको हिरासतमा छिन् ।

पीडतले गत चैत २७ गते जिल्ला प्रहरी परिसर ललितपुर पुगेर आफू हनी ट्रयापमा परेको भन्दै उजुरी दिएपछि ललितपुर प्रहरीले बैशाख २० गते शनिबार गोरखा जिल्ला शहिद लखन गाउँपालिका–९ नाम्जुङ घर भई काठमाडौं तथा ललितपुरमा बस्दै आएकी तारा गुरुङलाई पक्राउ गरेको थियो ।

ललितपुर प्रहरीले गोरखाकी ३३ वर्षीया तारा गुरुङमाथि अनुसन्धान सकेर जेढ ९ गते शुक्रबार तीन वर्ष कैद सजायको माग गरी सरकारी वकिललाई फाइल पेश गरेको थियो ।

उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा मुद्दा चलाइएको छ । सरकारी कार्यालयले जेठ १४ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेको छ । उक्त मुद्दाको आज (सोमबार) पेशी तोकिएको छ । मुद्दा न्यायाधीस हरिप्रसाद कोइरालाको इजलासमा परेको छ ।

अपराध संहिता, २०७४ अनुसार, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिएको पुष्टि भए एक वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यस्तो छ घटनाको वास्तविकता

२०७८ सालमा बालाजुको एक दोहोरी साँझमा भेटिएकी तारासँग सम्बन्ध विस्तार गरेको एक हप्तामै उनले विभिन्न बहानामा दाङका ती व्यवसायीबाट रकम असुल्न थालिसकेकी थिइन् ।

ताराले पटक–पटक गरेर आफ्नो खातामा ४९ लाख ६२ हजार ३९० रुपैयाँ जम्मा गर्न लगाइन भने कहिले बहिनी, कहिले एक नाबालक बच्चा त कहिले सुन पसलेको खातामा गरेर झण्डै अर्को ५० लाख रुपैयाँ उछिट्याइन् । पीडित व्यवायीले ताराको खातामा ६० पटक रकम जम्मा गरेका छन् ।

पीडित भन्छन्–‘पटक–पटक सपिङ गराइदिदएको र नगद नै दिएको हिसाब गर्ने हो भने १ करोड ३० लाख भन्दा बढी रकम लगिसकी । र, पनि सधै टर्चर दिइरहेकाले बाध्य भएर प्रहरीकहाँ पुगेको हुँ ।’

बलात्कार मुद्दाको धम्कीपछि डराएर ती व्यवसायीले दुई वर्ष अघि ताराको मागअनुरूप उनैको परिवारका सदस्यसहित बसेर २० लाख दिने र सम्पर्कमा नरहने सहमति गरे । तर, ताराको धम्कीको क्रम रोकिएन । ताराले पटक–पटक बलात्कारको उजुरी दिने भन्दै धम्की दिएर रकम मागिरहिन् ।

यसरी मागेजति रकम दिंदा पनि घरमै आएर बेइज्जत गर्छु भनेर धम्क्याउने मात्रै नभई सामाजिक सञ्जालहरुमा फोटो नै शेयर गरेर बेइज्जत गर्न थालिन् ।

त्यतिमात्रै होइन रकम असुलीमा मास्टर माइण्ड भएकी ताराले कहिले प्रहरी कार्यालयको गेटमा त कहिले मिडियाका कार्यालयको अगाडि गएर फोटो खिचेर पीडितलाई पठाउने र रकम नपठाए बेइज्जत गरिदिने भन्दै धम्क्याउने गरिरहिन् ।

ताराको धम्कीका कारण कयौं पटक आफूले आत्महत्याको प्रयास गरेको पीडितले बताए । तराले दाङका ती व्यवसायीलाई मात्र नभई नुवाकोट घर भई हाल नयाँबजार बस्ने एक व्यक्तिको पनि घरबार विगारेर लाखौ असुलेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077