Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राजावादीको उपत्यका बन्द फिर्ता

राजावादीको उपत्यका बन्द फिर्ता

सोमवार , जेठ २०, २०८२

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको काठमाण्डौ उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।

हिजो काठमाण्डौमा भएको प्रदर्शनको क्रममा हिरासतमा लिइएका नेताहरु रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ ।

“जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ,” नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै भनेको छ ।

यसअघि, कमल थापा, दीपक सिंहलगायत पक्राउ परेका व्यक्ति छोड्न माग गर्दै समितिले बन्दको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077