Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रास्वपाले डाक्यो सचिवालय र संसदीय दलको बैठक, भिजिट भिसाबारे छलफल हुने

रास्वपाले डाक्यो सचिवालय र संसदीय दलको बैठक, भिजिट भिसाबारे छलफल हुने

सोमवार , जेठ २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार अपरान्ह १ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरेर पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।

त्यसैगरि आजै दिउँसो ३ बजे वनस्थलीमै पार्टी संसदीय दलको बैठक पनि बोलाइएको छ ।

बैठकमा मुलुकको समसामयिक राजनीति, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, रास्वपाका गतिविधि लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077