Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्री ओली र एमाले महासचिव शंकर पोखरेलले गरे ‘म झोले हो’ पोस्टर सार्वजनिक

प्रधानमन्त्री ओली र एमाले महासचिव शंकर पोखरेलले गरे ‘म झोले हो’ पोस्टर सार्वजनिक

सोमवार , जेठ २०, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् ।

उनले फेसबुकमा सार्वजनिक गरिएको पोस्टरमा लेखिएको छ, ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो ।’

उनले फेसबुकमा पोस्टरसँगै लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’

आजै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सन्जालमा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077