Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलालीमा ठूलो परिमाणमा अफिम बरामद, जुम्ला र जाजरकोटका युवक पक्राउ

कैलालीमा ठूलो परिमाणमा अफिम बरामद, जुम्ला र जाजरकोटका युवक पक्राउ

सोमवार , जेठ २०, २०८२

कैलाली । प्रहरीले कैलालीमा ठूलो परिमाणमा अफिम बरामद गरेको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका ३ स्थित चिसापानीको प्याराडाइज होटलबाट लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले आइतबार १ किलो ७०६ ग्राम अफिम बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अफिमसहित जुम्लाको गुठीचौर गाउँपालिका–४ का ३८ वर्षीय मेघराज खत्री र अर्का जाजरकोटको बारेकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्त बहादुर शाहीलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लम्कीको हिरासतमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077