Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

सोमवार , जेठ २०, २०८२

काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका छन् ।

एसएसपी अधिकारीले सोमबारबाट औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् । त्यहाँ कार्यररत एसएसपी विनोद घिमिरे डीआईजीमा बढुवा भएपछि उनको स्थानमा एसएसपी अधिकारीलाई पठाइएको थियो ।

एसएसपी अधिकारीले पदभार ग्रहणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र जनमैत्री बनाउने प्रतिबद्धता जनाए ।

“सडक प्रयोगकर्ताको भावना बुझी, कुनै त्रुटि नरहने गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा काम गर्छौं,” उनले भने।

उनले ट्राफिक प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै विगतका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै थप ऊर्जा र जिम्मेवारीका साथ काम गर्न आग्रह गरे। उनको नेतृत्वमा उपत्यकाको ट्राफिक व्यवस्था थप सुगठित र जनउत्तरदायी हुने आशा गरिएको छ ।

स्वागत कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गीरीले ट्राफिक प्रहरीको गतिविधीबारे जानकारी गराएका थिए ।

यस्तै आजै डीआईजीमा बढुवा भएका विनोद घिमिरेको पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट बिदाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077