काठमाडौं । संसद्को गतिरोध हल गर्ने विषयमा बसेको शीर्ष नेताहरूबीचको बैठक निष्कर्षविहीन बनेको छ ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।
उनीहरुबीच सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसको थियो ।
छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्रीको राजीनामा नभएर सदन खोलेर अघि बढ्ने प्रस्ताव राखेका थिए । तर प्रमुख प्रतिपक्ष दलले भने गृहमन्त्रीको राजीनामाको अडान यथावत् राखेका छन् ।
माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान राखेका छन् । मङ्गलबार संसद् बैठक बस्दैछ ।