काठमाडौँ । सशस्त्र प्रहरी बलमा करिब २ हजार प्रहरी कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवल्दारसम्मका पदहरूमा बढुवा हुनुपर्ने कर्मचारीहरूको लागि सूचना सार्वजनिक गर्दै तोकिएको समयभित्र आवेदन दिन आह्वान गरेको हो ।
सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयले साधारण समूहअन्तर्गत वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षकका साथै लेखा उपसमूहका नायव निरीक्षक पदका लागि बढुवा सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
प्रहरी मुख्यालयका अनुसार ती पदहरूका लागि इच्छुक तथा योग्य उम्मेदवारले १० दिनभित्र बढुवा फाराम बुझाइसक्नुपर्नेछ।
त्यसैगरी, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुन चाहनेका लागि भने सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र बढुवा फाराम तथा आवश्यक कागजात समितिको सचिवालयमा बुझाउनु पर्नेछ ।