Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्री ज्यू भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस् : ज्ञानेन्द्र शाही

प्रधानमन्त्री ज्यू भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस् : ज्ञानेन्द्र शाही

सोमवार , जेठ २०, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न प्रकरणसँग जोड्दै भ्रष्टाचारी ‘झोले’ भएको आरोप लगाएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राप्रपाका सांसदसमेत रहेका शाहीले प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाएका हुन् । उनले भ्रष्टाचारको नभई राष्ट्रको ‘झोले’ बन्न प्रधानमन्त्रलाई आग्रह समेत गरे ।

शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, “प्रधानमन्त्री ज्यू तपाईं झोले नै हो – गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यू(टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाईड बोडिको, एनसेलको, पोखरा बिमानस्थलको, भैरहवा बिमानस्थलको, भिजिट भिसाको।”

“तर प्रधानमन्त्री ज्यू... भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस्,” उनले अगाडि लेखेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई ‘म झोलेले हुँ’ भन्दै सामाजिक सञ्जालमा एक पोस्टर सेयर गरेका छन् । एमालेजनले अहिले उक्त अभियान नै चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077