काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आलोचना र घेराबन्दीबाट भयभीत नबन्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । उनले जसको भविष्य उज्यालो हुन्छ उसैको बढी आलोचना र घेराबन्दी हुने बताए ।
‘कसको आलोचना बढी हुन्छ, जो सक्रिय छ । कसका विरुद्ध घेराबन्दी हुन्छ, जसको उज्यालो भविष्य छ । तसर्थ, आलोचना र घेराबन्दीबाट भयभीत नबनौं’, पोखरेलले लेखेका छन् ।
पछिल्लो समय एमाले पार्टी र एमाले नेतृत्वको सरकारको आलोचना भइरहेको भन्दै नेताहरूले प्रतिवाद गरिरहेका छन् ।
सोमबारदेखि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘म झोले हुँ’ ट्रेन्ड शुरू गरेका छन् ।