Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

यात्रुहरूसँग बढी भाडा असुल्ने १५ इनड्राइभ राइडर कारबाहीमा

यात्रुहरूसँग बढी भाडा असुल्ने १५ इनड्राइभ राइडर कारबाहीमा

मंगलवार , जेठ २१, २०८२

पोखरा । यात्रुहरूसँग नियमनविपरीत बढी भाडा असुल गरेको आरोपमा नेपाल प्रहरीले इनड्राइभ एपमार्फत सेवा दिँदै आएका १५ जना राइडरलाई कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोमबार पोखराका विभिन्न स्थानहरूमा अनुगमन गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले सवारी साधनसहित उनीहरूलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानपश्चात् यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कारबाही गरी छाडिएको जानकारी दिएको छ ।

सार्वजनिक यातायात बन्द रहेको मौकामा इनड्राइभ राइडरहरु महँगो भाडा असुली गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077