काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ पुगेका छन् ।
अन्नपूर्ण हिमाल आरोहण भएको ७५औं वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।
सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको छ ।
महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरू सालिक अनावरण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीका साथमा संकृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा,सिंचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेका छन् ।