Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

मंगलवार , जेठ २१, २०८२

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका १ जना थुनुवाको मृत्यु भएको छ।

झापाको दमक नगरपालिका–१ घर भएका २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको हो।

प्रहरीका अनुसार उनी अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा थुनामा थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार श्रेष्ठको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो।

ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। जेठ १५ गते म्याद थप गरेर अनुसन्धानको दायरामा ल्याएपछि उनी हिरासतमा थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077