काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विज्ञापन छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको आरोपमा उनीहरू र मिडिया कम्पनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनका अनुसार केही दैनिक पत्रिकाका व्यवस्थापकहरूसँगको मिलेमतोमा नेपाल सरकारका विभिन्न निकायबाट पत्रिकामा छापिनुपर्ने टेण्डरका विज्ञापनमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।