Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राष्ट्रियसभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रस्ताव पारित

राष्ट्रियसभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रस्ताव पारित

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । राष्ट्रियसभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिबाट भएको संशोधन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पेस गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

मंगलबारको बैठकमा शिक्षामन्त्री पन्तले संशोधनसहितको प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री पन्तले विश्वविद्यालयको भौतिक संरचना सम्पन्न भइसकेको र ओभरहेड पानी ट्यांकी, बहुउद्देश्यीय हल र आन्तरिक सडक निर्माण भइरहेको जानकारी दिए ।

साथै, ट्रिटमेन्ट प्लान्ट, फर्निचर तथा फर्निसिङसम्बन्धी काम चालु आर्थिक वर्षमा सम्पन्न हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077