Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ : पूर्वराष्ट्रपति भण्डारी

शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ : पूर्वराष्ट्रपति भण्डारी

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सीमित हुन नहुने उल्लेख गरिन् ।

उनले राष्ट्रको समृद्धि र प्रगति शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको औँल्याइन् ।

सूचना प्रविधि र यातायातको तीव्र विकासले आजको विश्वलाई सानो गाउँजस्तो बनाइदिएको उल्लेख गर्दै वैश्वीकरणका अवसरहरूको सदुपयोग तथा चुनौतीहरूको सामना गर्न सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077