Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

जातीय छुवाछूतविरुद्ध सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

जातीय छुवाछूतविरुद्ध सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

बुधवार , जेठ २२, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना बलियो बनाउँदै जातीय भेदभाव र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शैक्षिक संस्था र सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले जातीय भेदभाव र छुवाछूत कुनै वर्ग विशेषको मात्र समस्या नभई सम्पूर्ण समाज, राष्ट्र र मानव सभ्यताको साझा चुनौती भएको बताए ।

उनले सबैले आ–आफ्नो क्षेत्रबाट समानताको पक्षमा आवाज उठाउँदै समतामूलक समृद्ध राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने उल्लेख गरे।

विसं २०६३ जेठ २१ मा नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाइन्छ।

उनले भनेका छन्, ‘नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै सामाजिक न्याय, समावेशी लोकतन्त्र र समतामूलक समाज निर्माणको आधार तय गरे व्यवहारमा अझै छुवाछूत, विभेद, बहिष्कार, हिंसा र अन्यायका रूप उन्मूलन हुन बाँकी छन्।’

राष्ट्रिय दिवसले आत्मसमीक्षा, सामाजिक उत्तरदायित्व र संवेदनशीलता जगाउँदै सामाजिक न्यायको पक्षमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी उनले कामना गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077