Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ग्रील सञ्चालकले जिस्किदाजिस्किदै बालकको लिङ्ग काटिदिए

ग्रील सञ्चालकले जिस्किदाजिस्किदै बालकको लिङ्ग काटिदिए

बुधवार , जेठ २२, २०८२

काठमाडौं । मोरङमा जिस्किदाजिस्किदै एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् ।

मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।

ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।

घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् ।

बालकको अवस्था सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077