Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रवि लामिछाने र दिपक मनाङे जेलमा सँगै बस्ने !

रवि लामिछाने र दिपक मनाङे जेलमा सँगै बस्ने !

बुधवार , जेठ २२, २०८२

काठमाडौं । सहकारी ठगी मुद्दामा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेल सरुवा प्रक्रिया अघि बढेको छ।

हाल भैरहवा कारागारमा रहेका उनले काठमाडौंको डिल्लीबजार कारागारमा सरुवाका लागि निवेदन दिएका छन्। यद्यपी सो विषयमा कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयको सहमति लिएर मात्र निर्णय गर्ने तयारी गरेको छ।

काठमाडौंमा रहँदा भेटघाट गर्न सहज हुने भएकाले उनले सरुवा मागेका हुन्।

सामान्यतया हाइप्रोफाइल कैदीरबन्दीको रोजाईमा डिल्लीबजार कारागार पर्दै आएको छ। यसअघि पनि चिरञ्जिवी वाग्ले, खुमबहादुर खड्का, जेपी गुप्ता लगायत नेता यही कारागारमा बसेका थिए।

अहिले पनि एमालेका पूर्वसांसद तथा सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ यही कारागारमा छन्।

त्यस्तै, डन पृष्ठभुमीका गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) पनि यही कारागारमा छन्। स्रोतका अनुसार लामिछानेलाई मनाङे बस्दै आएको ब्लकमा राख्ने तयारी छ।

जेल बसाई लामो हुने भएपछि लामिछानेले सरुवा मागेका हुन्। उनलाई सर्वोच्च अदालतले समेत मुद्दा किनारा नलागेसम्म थुनामै राख्ने आदेश दिएको छ। जसअनुसार अब बुटवलको सुप्रिम सहकारीको मुद्दा जिल्ला अदालतबाट फैसला नभएसम्म उनी थुनामा बस्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077